भिडियोमा ‘प्रसाद’ जोडी विपिन र नम्रताको माया प्रेम

विपिन कार्की,  निस्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म ‘प्रसाद’ को पहिलो गीत ‘लै लै’को लिरिकल भिडियो सार्वजनिक भएको छ । भिडियोमा फिल्मका दुई मुख्य पात्र विपिन कार्की र नम्रता श्रेष्ठको पिडा भित्रको माया प्रेम देखाइएको छ । गणेश शाहीको शब्दमा सुबास भुसालको संगीत रहेको सार्वजनिक गीतमा स्वर केतन क्षेत्रीको रहेको छ । भिडियो लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।
निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म ‘प्रसाद’को पटकथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहेको छ । शुभास थापाको निर्माण रहेको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन् ।