‘बाँध मायाले’ क्यास ब्याक अफर

असोज ५ गते देश भर रिलिज हुने फिल्म ‘बाँध मायाले’ निर्माण टिमले दर्शकका लागि नयाँ अफर ल्याएको छ । ‘खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत फिल्मको टिकट खरिद गर्ने सबै दर्शककले १५ प्रतिशत ‘क्यास व्याक’ पाउने भएका छन् जुन अफर फिल्म हलमा चलुन्जेल सम्म रहने छ ।

रामहरी धिताल र बिभिषिका श्रेष्ठ निर्माता तथा महेन्द्र अधिकारी र केदार धिताल सह-निर्माता रहेको ‘बाँध मायाले’ काइट्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा आर्यन र सृष्टिसँगै नव नायक किशोर खड्का, कलाकारहरु राजाराम पौडल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका निर्देशक सविर श्रेष्ठ रहेका छन् ।