राजु लामाको ‘सरसर…’ (भिडियो)

एस आर एस ईन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर…..’ लोक पप गीत सार्वजनिक भएको छ । गीतमा मंगोलियन हर्ट गायक राजु लामा र गयिका रमिला ज्ञाङ्मी मगरकाको स्वर रहेको छ । गीतमा डीपी खनालको शब्द तथा धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ । ‘सरसर…..’  गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा पत्रकार तथा निर्देशक शुब्रतराज आचार्याको निर्देशन रहेको छ, भने जय शर्माको सहनिर्देशन रहेको छ । भिडियोमा एलिशा राई, गम्भिर बिष्ट र प्रकाश वस्नेतको नृत्य रहेको छ । सुरेन्द्र वस्नेतको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादन रहेको छ ।