कलेजमा ‘अनुराग’ नायक-नायिका एलिजा र समुन्द्र

असोजको १२ गतेबाट रिलिज हुने फिल्म ‘अनुराग’ निर्माण टिमले प्रचार प्रसार सुरु गरेको छ । नव-नायिका एलिजा गौतम र नव-नायक समुन्द्र पण्डितलाई लिएर निर्माणपक्षले कलेज दौड सुरु गरेको हो । उनीहरु प्रचारका लागी जोरपाटीस्थित समता कलेज र कौशलटारस्थित जनप्रेमी कलेजमा पुगेका थिए ।

फिल्ममा समुन्द्र र एलिजाका अलावा समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म ‘अनुराग’लाई भरत गौतम र गीता भेटवालले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । एरिका फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ऋषी धमला हुन् ।