प्रियंकाको विकिनी शो अप, हिट हुने अस्त्र

केही जमात अभिनेत्री प्रियंका कार्कीको विकिनी फिगरको प्रशंसा गर्छन् । केही जमात अभिनेत्री प्रियंका कार्कीको फिगरको आलोचना गर्छन् । जे जे गरेपनि प्रियंकाको विकिनी फिगरको गसिप मार्केटमा चलेको छ । अभिनेत्रीहरु विकिनी लगाएर स्विमिङ गरेको फोटोहरु दर्शक र मिडियालाई देखाउन त्यती रुचाउँदैनन् । तर, प्रियंका कार्कीलाई अहिले यस्ता तस्बिर हिट हुने अस्त्र नै बनेको छ ।

आलोचना भएपनि हल्ला भएपनि प्रियंका विकिनी फिगरमा रमाएकी छिन् । उनले इन्स्टाग्राममा पोष्ट गरेको तस्बिरमा उनको फिगर शो गरिएका तस्बिर धेरै होलान् । हुनत, प्रियंकाले राख्ने यस्ता तस्बिरको अहिले दर्शकले पनि वास्ता गर्न छाडेका छन् । किनकी, अत्ती भयो भने चिनी तितो हुन्छ ।

अभिनेत्री कार्की भने अहिले यस्ता तस्बिर खिचाएर मार्केटमा हल्लाखल्ला गर्ने मुडमा छिन् । किनकी, अब विस्तारै उनको करिअर ओरालो लाग्ने बाटोमा छ । कुनै पनि चिज कहिलेकाहीँ शो अप भयो भने त्यसले ध्यान खिच्छ । तर, ध्यान खिच्नकै लागि सो चिजलाई प्रयोग गरियो भने त्यसले मुन्टो बटार्न वाध्य बनाउँछ ।

नेपाली फिल्मकी हिट अभिनेत्री प्रियंका कार्कीले पनि विकिनी तस्बिरलाई हिट हुने माध्यम सधै नबनाउने हो कि ?