सलमानको ‘लवरात्री’ बन्यो ‘लवयात्री’ 

सलमान खानले आफ्नी बहिनी अर्पिता खानका पति आयुष शर्मालाई लिएर लवरात्री निर्माण गरेका छन् । जसले पछिल्लो समय बलिउडमा धूम मच्चाईरहेको छ । तर फिल्मको नामलाई लिएर केहि ब्यक्तिहरुले आपत्ति जनाएका कारण सलमानले उक्त फिल्मको नाम लवरात्रीबाट लवयात्रीमा परिवर्त गर्न बाध्य भएका हुन् ।

नवरात्री चाडको नामलाई बिगारेर लवरात्री बनाएको ति ब्यक्तिहरुको आरोप रहेको छ । नवरात्री हिन्दू धर्मावलम्बीले मनाउँदै आएको एक चाड हो । अदालतमा समेत यसको कुरा चलेका कारण सलमान फिल्मको नाम परिवर्तन गर्न बाध्य भएका हुन । यस कुराको आधिकारिक घोषणा पनि गरिसकेका छन् । उक्त फिल्म ५ अक्टोबरमा रिलिज हुने भएको छ ।