फिल्ममा कम, अवार्डको स्टेजमा बढी नम्रता

नम्रता सापकोटाको आज जन्मदिन । सबैभन्दा पहिला उनलाई जन्मदिनको शुभकामना । जन्मदिनको शुभकामना भन्दै गर्दा नम्रता सापकोटाको ओइलाएको फिल्मको गतिको बारेमा कुरा गर्न सकिन्छ ।

नम्रता सापकोटालाई दर्शकले फिल्ममा त विरलै देख्न पाउँछन् । राम्री भएर पनि उनी फिल्ममा त चलिनन् । तर, नेपालमा र विदेशमा आयोजना हुने अवार्ड कार्यक्रममा स्टेज तताउने कुरामा नम्रता अग्रस्थानमा छिन् । उनी र अभिनेता सुशान्त कार्कीले जापानमा आयोजित सूर्य इन्टरनेशनल अवार्डमा नृत्य गरेर फर्किए । उनीहरु नृत्य गर्नकै लागि जापान पुगेका थिए ।

नेपालमा हुने अवार्ड कार्यक्रममा पनि नम्रतालाई धेरै ठाउँमा देख्न सकिन्छ । नम्रता नाई भन्न सक्दिनन् कि आयोजकले भनेपछि नृत्य गर्न तयार हुन्छिन् कुन्नी । नम्रताले फिल्ममा आफूलाई फोकस गर्न नसकेपनि स्टेजमा फोकस राम्रोसँग गरेकी छिन् ।

नेपाली अवार्डमा अरु कोही प्रस्तुती कसको होला भनेर अड्कल लगाउँदा नम्रताको नाम आइहाल्छ । नम्रताले स्टेजमा डान्स कम फिल्ममा ज्यादा गर्ने हो कि ?