सलोन करिश्मा ब्रेकअप

अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठको प्रेम सम्बन्ध टुटेको छ । लामो समय अगाडी देखि प्रेम सम्बन्धमा रहेको यो जोडी अन्तत छुट्टिएका छन् । उनीहरुले फिल्म बाबु कान्छामा एकसाथ काम गरेका थिए ।

फिल्म प्रदर्शनको समयमा फिल्मको भन्दा बढी यी दुईको प्रेम चर्चा भएको थियो । धेरैले सो समयमा फिल्म प्रचारमा लागी उनीहरुले प्रेम चर्चा गरेको आरोप लगाएका थिए । ब्रेकअपको कारण बारे सलोनसँग बुझ्दा उनले केहि बोल्न चाहेनन् । उनले भने ‘बिगतका कुरा नगरौँ । हामीहरु छुट्टिएको चाहिँ पक्का हो । कसको कारण र किन भन्ने कुरै नगरौँ ।’