ब्युटिपार्लरमा धिरेन शाक्य र रविन्द्र खड्का

विगत लामो समय देखी सौन्दर्यको क्षेत्रमा काम गर्दै आएकी लक्ष्मी मल्लले ‘लक्ष्मी ब्युटि स्टुडियो एण्ड युनिसेक्स सैलुन’ संचालनमा ल्याएकी छन् । गुणस्तरीय र सस्तो सेवा प्रदान गर्ने उदेश्यका साथ काठमाण्डौ मलको चौथो तल्लामा खोलिएको सो सैलुन उदघाटन गर्न कलाकार धिरेन शाक्य, रविन्द्र खड्का लगायतका कलाकार बुधवार सुन्धारा पुगे ।

बजारमा रहेका अन्य ब्युटि पार्लर भन्दा आफुलाई अब्बल सावित गर्दै सेवा प्रदान गर्ने उदेश्य संचालक मल्लले राखेकी छन् । कलाकार धिरेन शाक्यले ब्युटि पार्लरको उदघाटन गर्दै ब्यवसाय सफलताको कामना ब्यक्त गरे ।

प्रतिस्पर्धाको बजारमा उत्कृष्ट सेवा दिने अपेक्षा लक्ष्मी ब्युटि स्टुडियो एण्ड युनिसेक्स सैलुनको रहेको छ । महिला र पुरुष दुवैका लागी सौन्दर्यसँग सम्बन्धित सवै खाले सेवा दिने लक्ष्य सो ब्युटि पार्लरको रहेको छ । फिल्म क्षेत्रका अन्य ब्यक्तित्वहरुलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको संचालक लक्ष्मीले जानकारी दिइन् । कलाकारिता क्षेत्रका अन्य धेरै ब्यक्तित्व उदघाटन कार्यक्रममा उपस्थित थिए ।