‘छक्का पञ्जा ३’ पोस्टर सार्वजनिक, अझै तोकिएन रिलिज डेट

आमा सरस्वती मुभिज प्रालि तथा आईएमईको प्रस्तुती रहेको फिल्म ‘छक्का पञ्जा ३’को पहिलो पोस्टर सार्वजनिक भएको छ । यसअघि फिल्मको दुई गीत सार्वजनिक भइसकेका छन् । दुई गीत र पोष्टर समेत सार्वजनिक भइसक्दा पनि फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपक राज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट, संजोग कोइराला, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायाङ्कन, बिपिन मल्लको सम्पादन, दिपकराज गिरीको कथा रहेको छ भने संवाद दिपकसँगै जीतु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको रहेको छ । कविराज गहतराजको कारियोग्राफी रहेको फिल्ममा सुमन गिरी, शिभ हरि पौडेल, किरण केसी, तारा चन्द्र बाजगाई, पुरुषोत्तम प्रधान, दिपेन्द्र खानिया, केशब न्यौपाने लगायतले संयुक्त रुपमा लगानी गरेका छन् । उक्त फिल्म यहि दशैमा अलनेपाल रिलिज हुने निर्माण टिमले जनाएका छन् ।