हेमन्त शर्माको ‘बरिखा’

- मेराेफिल्म

चर्चित गायक हेमन्त शर्माको नयाँ गीत ‘बरिखा’ सार्वजनिक भएको छ । डान्सिङ नम्बरको उक्त गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलिले गरेका छन् ।

राहुल शाहले निर्देशन गरेको सार्वजनिक गीतको भिडियोमा भिमफेदी गाइज, एलिसा राई, सारा शिर्पाली, सुनील क्षेत्री, अलिशा शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।

सांगीतिक कार्यक्रमका सिलसिलामा धेरै पटक सुदूरपश्चिम पुगेका गायक शर्माले यस पटक भने त्यहिको जनबोलीलाई सम्बोधन गरेर गीत रेकर्ड गराएका छन् ।

२०७५ असोज ३ गते १९:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *