छक्का पन्जा टिम फकाउँदै नीता

दीपकराज गिरी र दीपाश्री निरौला अनी उनीहरुको टिम ६ एकान ६ बनाउँदा अहिलेको जस्तो बलियो मेकर थिएनन् । तर, पनि सो समयमा उनीहरुको फिल्ममा अभिनेत्री नीता ढुंगानाले काम गरिन् । तर, यसपछि नीतालाई दिपक र दीपाले फिल्ममा राख्न चाहेनन् । वडा नम्बर ६, छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३ मेकिङ गर्दा दिपक र दीपा फिल्म क्षेत्रको नम्बर १ निर्माता बनिसकेका छन् ।

६ एकान ६ पछि दिपक र दीपाको ब्यानरमा फर्कन नपाएकी नीता हिट फिल्मको लागि भौतारिएकी छिन् । यो टिमसँग फेरि काम गर्न पाए हिट हुने उनको सोच छ ।

नीताको जन्मदिनमा निर्देशक दीपाश्री निरौलाले आफ्नो निर्देशनमा नीताले काम गर्ने संकेत दिएकी थिइन् । अब दिपाले निर्देशन गर्ने फिल्मको हिरोइन नीता त होइनन् भन्ने हल्ला चलेको छ । फिल्म छक्का पन्जा ३ को पोष्टर नीताले शेयर गर्दै ल आयो है भनेर लेखेकी छिन् । नीताले आफ्नै फिल्म जसरी यसको पोष्टर शेयर गर्नुलाई दिपाको बोलीसँग जुधाउन सकिन्छ ।

नीताले छक्का पन्जा टिमलाई फकाइरहेकी छिन् जस्तो पनि देखिन्छ । किनकी, नीतालाई हिट हिरोइनको ट्याग पाउनका लागि यो ब्यानरमा काम गर्न आवश्यक छ ।