स्वरूप राज आचार्यको ‘त्यही आउ’ (भिडियो)

स्वरुप राज आचार्यको स्वरमा ‘त्यही आउ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीत सत्य – स्वरुपको १२औ एल्बम ‘प्रारम्भ’ मा समेटिएको छ । गीतमा रामचन्द्र थापाको संगीत, रमेश दाहालको शब्द रचना तथा राम कार्कीको संगीत संयोजन रहेको छ ।

भिडियोमा रक्षा श्रेष्ठ र रन्जित पौडेलको मुख्य अभिनय रहेको छ । अमृत सुनुवारद्वारा निर्देशित यस भिडियोमा धन योन्जनको छयाङ्कन रहेको छ भने माधब बेलबासेले सम्पादन गरेका छन् । भिडियो निर्देशन कृष्ण योन्जन लामाले गरेका छन् ।