नेपाल मोडलिङ संघको सर्जक सम्मान कार्यक्रम सम्पन्न

- मेराेफिल्म

विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई ‘नेपाल आमा रत्न सम्मान सर्जक सम्मान २०७५’ प्रदान गरिएको छ । नेपाल मोडलिङ संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा सर्जक सम्मान गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कांग्रेस नेतृ सुजाता कोइरालाको आतिथ्यमा मोडल, अभिनेता–अभिनेत्री, गायक–गायिका, संगीतकार, फिल्म निर्देशक, पत्रकार, सौन्दर्य व्यवसायी तथा राष्ट्रिय स्तरका खेलाडी, समाजसेवीलाई सम्मान गरिएको थियो ।

होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा शिव श्रेष्ठ, कृष्ण मल्ल, अर्जुन कार्की, वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, पुरन जोशी, शर्मिला मल्ल, सुर्य चन्द, सुशील बराल, प्रियंका कार्की, शुभेच्छा थापा, पूजना प्रधान, रामकेशर बोगटी, रवीन्द्र खड्का, नवल खड्का, रमेश बुढाथोकी, निखिल उप्रेती, लक्ष्मी गिरी, समन अधिकारी, वर्षा शिवाकोटी, रवि गिरी, छविराज ओझा, आयुष्मान देशराज, आशिर्मान देशराज, प्रताप दास, रविना देशराज, आना शर्मा, शोभित बस्नेत, आयुषी शाह, नीराजन थापा, रुवी राणा शाह, उशा खड्गी, रमीता भण्डारी, माल्भिका सुब्बा, राजभाइ सुवाल, महेश प्रधान, सञ्जय रौनियार, दीपक घिमिरे र अनुप सक्सेनालगायत दर्जनौलाई सम्मान गरिएको हो ।

कार्यक्रममा अमेरिकाको ब्रुमफिल्ड कोलराडोमा नवराज श्रेष्ठको अध्यक्षतामा शाखा विस्तार गरिएको जानकारी समेत गराइएको थियो । कलाकारितामा लागेकाहरूको सम्मान र हौसलाका लागि सम्मान कार्यक्रम गरिएको संघका अध्यक्ष शाहीले बताए ।

२०७५ असोज ४ गते १५:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *