फिल्म अनुरागको तेस्रो गीत ‘तिम्रो स्वरमा’

असोज १२ प्रदर्शनमा आउने फिल्म अनुरागको तेस्रो गीत ‘तिम्रो स्वरमा’ सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चा बटुल्न सफल गायक प्रताप दास स्वरबद्ध गीतमा सरोज पोख्रेलको संगीत रहेको छ भने सत्यराज एसआरसीको शब्द रचना रहेको छ । उक्त गीतमा फिल्मका मुख्य पात्र समुन्द्र पन्डितले कन्सर्टमा गीत गाईरहेको देख्न सकिन्छ ।

फिल्ममा समुन्द्र पण्डित र एलिजा गौतमका अलावा  ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म ‘अनुराग’लाई भरत गौतम र गीता भेटवालले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा किरण दाहालको कथा, सत्यराज र आगत केसीको पटकथा र संवाद, रामकुमार केसीको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । एरिका फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता ऋषी धमला हुन् ।