‘पुरानो हुँदैन माया’ धुर्मुस

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेलको आज जन्मदिन । उनले संचारकर्मी माझमा पत्नी कुञ्जना घिमिरेका साथ जन्मदिन मनाए । रियल जोडी ‘धुर्मुस सुन्तलीु’ कलाकारिताका साथसाथै सामाजिक कार्यमा समेत सहकार्य गर्दै आएका छन् ।

रेडियो अडियोले आयोजना गरेको जन्मदिन सेलिव्रेशन कार्यक्रममा बोल्दै कुञ्जनाले भनिन्,‘सिताराम कट्टेल, नाम उहाँको बाबा-आमाले राखिदिनुभएको होला । तर, सिताराम मेरै लागि जन्मिनु भएको हो भन्ने मलाई लाग्छ ।’ उनले थपिन् ,‘उहाँले मलाई कम माया गरेको कुनै त्यस्तो पल नै छैन । उहाँले मलाई भेट्नु अगाडि बालापन, यूवा अवस्था एक्लै बिताउनु भयो । तर, मलाई किन किन लाग्छ कि, सानैदेखि उहाँको सपनीमा म आउथे ।’

सितारामले आफूहरुको माया कहिले पनि पुरानो नहुने सुनाए । सितारामले अगाडि भने,‘बैबाहिक जीवनमा बाँधिएर यो अवस्थासम्म आइपुग्दा कुञ्जनाप्रतिको माया अझै बढेको छ । कुञ्जनाले मलाई दिएको हौसलाकै कारण समाजका लागि केही सहयोग गर्न पाएको छु भन्ने लाग्छ । मरेर लादा कसले के लिएर जाने हो र रु धर्ती आमालाई खुशी बनाउन सकुँ भन्ने लागेको छ । हामीले घोषणा गरेका कार्यक्रमहरु पुरा गर्ने वाचा पनि गर्दछु । क्रिकेट स्टेडियम र नमुना नेपालको काम अब अगाडि बढ्छ ।’