साम्राज्ञी किन एक्लै ?

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म प्रमोशन छाडेर जापान उडेपछि चिसिएको निर्देशक रेनशा वान्तवा राइ र साम्राज्ञीको सम्बन्ध सुध्रिएको देखिदैन ।

फिल्म इन्टु मिन्टु लण्डनमाको प्रिमियरमा उनीहरुको चिसिएको सम्बन्ध देखियो । एउटै गाडीमा फिल्मका दुई हिरो धिरज मगर र सारुक ताम्राकारलाई लिएर रेड कार्पेटमा हिडेकी रेनशाले साम्राज्ञीलाई प्रतिक्षा गरिनन् । साम्राज्ञी उनीहरु पुगेको आधा घन्टापछि कालो पहिरनमा आमासँग आएकी थिइन् ।

स्टेजमा पनि साम्राज्ञी र रेनशा खुलेनन् । उनले, साम्राज्ञीसँग हाई मात्र गरिन्, अंकमाल गर्न पनि आवश्यक ठानिनन् ।

बोल्ने क्रममा उनले धिरज र सारुकको नाम लिइन् तर साम्राज्ञीलाई इन्टु मात्र भनिन् । रेनशा बोल्न नसकेर रुदा उनलाई संझाउन धिरज र सारुक अगाडि सरे तर साम्राज्ञीले खासै मतलब नगरेको देखिएको थियो । रेड कार्पेटमा साम्राज्ञीले बोल्दै गर्दा रेनशा र धिरज गफिंदै थिए । साम्राज्ञीले बोलेको उनीहरुले मतलब नगरे जस्तो देखिन्थ्यो ।

यी सबै घटना हेर्दा रेनशा र साम्राज्ञीको सम्बन्ध बिग्रिएको थाहा पाइन्छ । रेनशाले धिरजलाई लिएर ३ वटा फिल्म बनाउने तयारी गरेकी छिन् । उनको फिल्ममा साम्राज्ञी दोहोरिने संभावना भने देखिएन ।