‘अभिनेत्री नभएको भए वकिल हुन्थे’ करिना कपुर

करीना कपूर खान आजबाट ३८ बर्ष लागेकी छिन् ।  फिल्म ‘रेफ्यूजी’ बाट बलिउडमा डेब्यू गरेकी करिना २१ सेप्टेम्बर, १९८०मा मुंम्बईमा जन्मेकी थिर्ईन् । उनी अभिनेता रणधीर कपूर तथा अभिनेत्री बबिता कपूरकी कान्छी छोरी हुन् । आज बलिउडमा आफ्नो जिरो फिगरका कारण करीना लाखौँको मनकी रानी बनेकी छन् । उनले धेरै सुपरहिट फिल्म दिएका छन् ।

करिनाको पढाई देहरादूनको वेल्हाम गल्र्स बोडिङमा भएको थियो भने मिठीबाई कलेज र पार्ले कलेजमा दुई बर्षे बी कमको पढाई गरेकी थिईन् । बी कमको पढाई पस्चात उनले हावर्ड विश्वविध्यालयमाबाट माईक्रोकम्प्यूटर्सको तीन महिने कोर्स गरेकी थिईन् । माईक्रो कम्प्यूटर्सको तीन महिने कोर्स पछि उनले कानूनको पढाईमा रुचि देखाउन थालिन् र उनी चर्चगेट स्थित गभर्मेन्ट ल कलेजमा भर्ना भईन् । उक्त कलेजमा उनले एक बर्ष पढिन् । ल पढ्दा पढ्दै उनले फिल्मको अभिनेत्री बन्ने सपना देख्न थालिन् र सपनालाई पूर्ती गर्न किशोर नमित कपूर अभिनय संस्थामा प्रशिक्षण लिन गईन् ।

एक ईन्टरब्यूको क्रममा उनलाई पत्रकारले सोधेका थिए यदि तपाई अभिनेत्री नहुनुभएको भए के बन्नुहुन्थ्यो ? यस प्रश्नमा करिनाले म एक असल वकील हुन्थे होला भनेर जबाफ दिएकी थिईन । बच्चामा करीना आफ्नी दिदी करिश्माका साथमा पुरस्कार समारोहहरुमा जाने र करिश्मालाई फिल्मको दौरान सेटमा मदत गर्ने गर्थिन् ।

फिल्म रिफ्यूजी पस्चात करीनाले राकेश रोशन निर्मित फिल्म कहो ना प्यार हैमा ऋतिक रोशनका साथ स्क्रिन शेयर गरेकी थिईन् । करीनालाई उनको दमदार अभिनयका कारण सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा फिल्मफेयरले पुरस्कृत गरिएको थियो भने रिभ्यूजी त्यो बर्षको सबैभन्दा ज्यादा व्यापार गर्ने फिल्महरुमा पाचौँ स्थानमा रहेको थियो ।

उनलाई डेब्यू फिल्मले नै स्थापित गराइदियो । उनले हाल सम्ममा दर्जनौँ हिट फिल्महरु दिईसकेकी छन् भने धेरै भन्दा धेरै पुरस्कारहरुले पुरस्कृत भैसकेकी छन् । करियरको शिखरमा पुगेर उनले अक्टूबर २०१२ मा पाँच बर्षको प्रेम सम्बन्ध पस्चात सैफ अली खानसँग विवाह गरेकी थिईन् । उनी हाल एक छोरा तैमुर र पति सैफ अलि खानका साथ मुंम्बईमा बस्छिन् ।