‘छक्का पञ्जा ३’ ट्रेलर सार्वजनिक, घटस्थापना देखि प्रदर्शनमा आउने

बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ३’  घटस्थापनाको दिन असोज २४ गते  देखी प्रदर्शन हुने भएको छ । यसअघि ‘छक्का पन्जा ३ दशैँको दिन’ भन्दै आएका फिल्म निर्माण युनिटले शनिवार काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलरसँगै औपचारिक रिलिज मिति समेत घोषणा गरेका हुन् । यसैबिच छक्का पन्जा ३ सँगै जुध्ने चर्चा गरिएको फिल्म जय भोले भने फूलपातीको दिन देखि प्रदर्शन हुने भएको छ ।

फिल्ममा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, बुद्धि तामांग, स्वस्तिमा खड्का, सुमन गिरी भान्जा, संजोग कोइराला, शिवहरी पौडेल, प्रियंका कार्की लगायतको अभिनय रहेको छ । दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।