फिल्म चल्यो, सुध्रियो साम्राज्ञी र रेनशाको सम्बन्ध

पैसा र सफलताको अघि कस्ता कस्ता मान्छे त मिल्छन्,  झन् फिल्मका मान्छे । नमिल्ने त कुरै भएन ।

इन्टु मिन्टु लण्डनमा रिलिज अगावै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्देशक रेनशा वान्तवा राइको सम्बन्ध विग्रिएको थियो । हिरो धिरज मगरलाई मात्र रेनशाले च्यापेपछि साम्राज्ञी विच्किएकी हुन् । तर, फिल्म इन्टु मिन्टु लण्डनमाले शुक्रबार र शनिबार कमाइमा रेकर्ड नै राख्यो । कमाइमा रेकर्ड राखेपछि अब हिरोइन पनि हिट, निर्देशक पनि हिट । यसपछि त के चाहियो र ?

दुबैजना अंकमाल गर्दै हलमा पुग्न थाले । रेनशाले पनि कहिले हामी नबोलेका थियौ र भन्न थालिन् भने साम्राज्ञीले पनि यो त मिडियाको काम हो भन्न थालिन् ।

प्रिमियरमा देखिएको दृश्य त एकदमै प्रेसरका कारण सम्हाल्न नभ्याइएको हो रे । अब, यी दुइविच कहिले यस्तो भाथ्यो र जस्तो लाग्न सक्छ ।

फिल्म चलेपछि त साम्राज्ञीका लागि रेनशा प्यारी,  रेनशाका लागि साम्राज्ञी । हिट भए सबै ठिक, फ्लप भए सबै झुर । यस्तै छ यहाँको चलन ।