राजनीति गर्थेँ भनेर दीपकले कसलाई तर्साएका ?

निर्माता दीपकराज गिरी फिल्म क्षेत्रमा राजनीतिज्ञ नै भएका छन् । उनलाई सहमती गर्न पनि खुबै आउँछ, माथिबाट हान्न पनि आउँछ । आफूसँग जुध्न लागेका फिल्मलाई राजनीतिक भाषामा अन्तिम अवस्थासम्म सहमतीमा ल्याएर सार्न पनि उनलाई खुबै आउँछ । गएको बर्ष मंगलमलाई सारे । यो बर्ष जय भोलेसँग पनि जुध्ने संभावनालाई सकाए । दीपकलाई सिनेमा क्षेत्रको खतरनाक राजनीतिज्ञ भन्दा के हुन्छ र ?

दीपकले आफू राजनीतिबाट आएकाले सहमती गर्न र खेल खेल्न पनि खुबै आउने बताइदिएका छन् । छक्का पन्जा ३ को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफू राजनीति गरेर आएको भनिदिए । दिपकको व्यवहारमा राजनीति देखिए पनि उनी यही ब्याकग्राउण्डबाट आएका हुन् भन्ने पत्रकारलाई थाहा थिएन होला । तर, राजनीतिक व्याकग्राउण्डबाट आएको भनेर दिपकले कसलाई तर्साउन खोजेका हुन् या आफूलाई बलियो खेलाडी देखाउन ?

घटना हेर्दा त उनी फिल्ममा खतरै राजनीति गर्छन् भन्ने देखिएको छ  ।