‘दि कर्मा’ फस्ट लुक टिजर

फिल्म ‘दि कर्मा’ को फस्ट लुक सार्वजनिक गरिएको छ । भारतका मोडल तथा कलाकार करण वर्माको मुख्य भूमिका रहेको फस्ट लुकमा उनको सुगठित शरीरलाई निर्माण टिमले पोष्टरमार्फत रिलिज गरेको हो । फिल्मको फस्टलुक भिडियोमा उनको एंग्री लुकलाई देखाइएको छ ।

करण ’मिस्टर इन्डिया २०१७’ का विजेता समेत हुन् । ‘दि कर्मा’ मा नीता ढुंगाना, परमिता आर एलराणा, बुद्दी तामाङ, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा संगीत कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीले दिएका छन् ।