प्रियंकाको ‘कालु’ (भिडीयो)

चर्चित अभिनेत्री प्रियंका कार्की अभिनित ‘ए कालु’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा चन्द्र घिमिरेको शब्द रचना रहेको छ भने बसन्त सापकोटाले संगीत दिएका छन् । गीतमा चर्चित गायिका मेलिना राइको सुमधुर स्वर रहेको छ भने शाहस शाक्यले एरेञ्ज गरेका छन् । उक्त भिडियोमा अभिनेत्री प्रियंका र चर्चित गायक सरोज ओली साथै अन्य कलाकारहरुको नृत्य रहेको छ ।