गोविन्दाको ‘फ्राइडे’ ट्रेलर

बलिउडका चर्चित कमेडीयन अभिनेता गोविन्दा कमेडी र एक्सनले दर्शकलाई मनोरन्जन दिदै आएका छन् । उनको फिल्म फ्राइडेको ट्रेलर रिलिज भएको छ ।

फिल्ममा वरुण शर्मा आफ्नो कमेडीबाट सबैलाई हसाउछन् भने गोविन्दा भने सुन्दर युवती देख्दा मोहित हुने पात्रको रुपमा देखिएका छन् । फिल्ममा वरुण एक सेल्सम्यानको रुपमा देखिएका छन् जो गोविन्दाको घरमा उनलाई भिनाजु बनाएर आफ्नो सामान बिकाउन खोज्छन् । उक्त कमेडी फिल्म दर्शकहरुले धेरै रुचाउने अनुमान गरिएको छ । फिल्म १२ अक्टुबरमा रिलिज हुनेछ ।