युवराज चौलागाईको ‘फुलेको वैंश’ (भिडियो)

युवराज चौलागाई र अनुष्का पाठकको स्वर रहेको ‘फुलेको वैंश’ बोलको गीत सार्वजनिक भएको छ । राजन इसानको शब्द रहेको गीतमा युवराज आफैले संगीत भरेका छन् । गीतमा किशोर थापाले मिक्सिङ्ग गरेका छन् ।

भुषण दाहालले निर्देशन गरेको गीतमा सुनिल थापाले कोरियोग्राफी गरेको छन् । धिरज जंग शाहले खिचेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । भिडियोमा युवराज चौलागाई, अनुष्का पाठक र प्रतिभा दवाडी फिचार्ड छन् ।