राखीको बक्षस्थल दान गर्ने चाहना (भिडियो)

भारतीय मोडल राखी सावन्त स्क्यान्डल क्विनका रुपमा चिनिन्छिन् । उनको बिषयबस्तु प्रतिको भनाई बयान ले नै उनलाई चर्चा र विवादमा तान्ने गर्छ । राखीले फेरि एउटा भिडियो सार्वजनिक गरेर चर्चामा आएकी छन् । राखीले आफ्नो शरीरको एक अंग दान गर्ने घोषणा गरेकी छन् ।

उनले भिडियो सन्देशमा भनेकी छन्-‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक बक्षस्थल छ । म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु ।’

राखीले अगाडि भनेकी छिन्-‘मलाई थाहा छैन, बक्षस्थल कसलाई चाहिएको छ । मेरो यो आकर्षक स्तन कसको लागि जाने हो मलाई थाहा छैन ।’ राखीको यो भिडियोले पुन: उनलाई चर्चा र विवादमा तानेको छ ।