छिरिङ्गमा ‘ए कान्छा’ को रिमेक भर्सन

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘छिरिङ्ग’को गीत ‘ए कान्छा’ सार्वजनिक भएको छ । अरुणा लामा र रुद्र गुरुङ्गले गाएको यो गीतको नया भर्सनमा यश कुमार र सुनिता थेगिमको स्वर छ । यश कुमार र कामना भुजेल फिचरिङ भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । यश कुमार कै निर्देशन रहेको फिल्म ‘छिरिङ्ग’ मा उनी कामना र निमा रुम्बाको मुख्य भूमिका छ । फिल्मलाई आइवी दर्नाल, सुनिल माथेमा र नविन बुढाथोकीले निर्माण गरेका हुन् ।