४० त फाप्यो, मोटाई नफाप्ला नी

अभिनेत्री दिपिका प्रसाइको अनुहार पत्रकारले छक्का पन्जा ३ को ट्रेलर रिलिजमा देखे । उनको अनुहार हेरेका धेरैले उनलाई चिनेनन् । किनकी, ऐश्वर्यकी स्लिम दिपिका अहिले त मोटाएकी छिन् । मोटाउन पनि खुबै मोटाएकी छिन् ।

कपाल छाडेर आएकी दिपिकालाई अर्को फिल्मका लागि मोटाउनुपरेको हो भने त ठिकै छ, नत्र त उनलाई अप्ठ्यारो पर्ला ।

दिपिका प्रसाइलाई फिल्ममा ४० कटेका हिरो फापेको छ । ऐश्वर्यमा ४० कटेका रमेश उप्रेती नै फाप्यो । छक्का पन्जा ३ मा ४० कटेका दिपकराज गिरी फाप्ने विश्लेषण सबैको छ ।

तर, दिपिकाले भने ४० कटेका हिरोसँग काम गरेर ह्याट्रिक त गर्ने होइनन् भन्ने पनि छ । दिपिकाले भने यो कुरा तेश्रो फिल्ममा नै थाहा पाउने बताइन् ।

दिपिकालाई ४० कटेका हिरो फाप्नु त सुखद कुरा नै हो । तर,वजन बढेको चै नफाप्ला नी । वजन घटाउनतिर पनि ध्यान दिनुहोस् ।