पत्याउनुहुन्छ, प्लान अनुसार नबोलेकी रे प्रियंका !

कलाकारलाई जे बोल्न पनि छुट । बोलेपनि छुट, नबोलेपनि छुट । बोल्दा पनि यसकारण बोले भन्दियो, नबोले पनि यसकारण बोलिन भन्दियो । जे भन्दियो, त्यही सही ।

अभिनेत्री प्रियंका कार्कीको बोली पनि यस्तै छ । बोल्दा पनि उनी नै माथि, नबोल्दा पनि उनी नै माथि ।

कथा काठमाण्डु नाम गरेको फिल्मको ‘रातको कुरा’ गीतमा प्रियंकाले दिनु सम्मको दृश्य दिएकी थिइन् । उनले त अभिनेता प्रमोद अग्रहरिसँग चुम्बन, बेडसिन सबै दिइन् । यो गीत सार्वजनिक भएपछि प्रियंकाको आलोचना जताजतै भयो । यसपछि प्रियंका मौन । म पब्लिसिटीमा नै हिड्दिन भन्ने घुर्की । घुर्की नै घुर्की लगाएर बसिन् ।

फिल्म चल्न एक हप्ता पनि छैन । प्रियंका अहिले घरेलु हिंसाको गफ दिदै हिडेकी छिन् । अनी, गीत रिलिज हुँदा किन नबोल्या त, पत्रकारले सोधे । प्रियंकाको जवाफ आयो, हाम्रो योजना अनुसार नै म नबोलेको हुँ ।

कस्तो योजना ? बोल्दा झनै गाली आउने भएकाले आगोमा घ्यू नथपेको र एक साता अघि म प्रचारमा हिड्ने कुरा थियो र भयो । प्रियंकाले यसो भन्न थालेकी छिन् । कलाकारको बोली न आज न भोली । जे भनिदिएपनि हामीले पत्याइदिनै पर्ने जस्तो ।