बलिउड अभिनेत्री जया प्रदा नेपालका लागि सद्भावना दुत

बलिउड अभिनेत्री जया प्रदालाई नेपालको पर्यटन सद्भावना दुतमा नियुक्त गरिएको छ । नेपालको पर्यटन प्रवर्धनका लागि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय मार्फत उनलाई दूतमा नियुक्त गरिएको हो । पर्यटन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै जया सद्भावना दुत रहेको घोषणा गरेको थियो ।

पर्यटकिय हिसाबले भारत नेपालको लागि ठूलो स्रोत भएको हुँदा भविष्यमा नेपालको पर्यटनमा सहयोग पुग्ने भन्दै जयालाई नियुक्ति गरेको विज्ञप्तिमा उल्लेख छ । भारतिय सद्भावना दुत मार्फत ठुलो संख्यामा भारतिय पर्यटक नेपाल भित्र्याउने अपेक्षा पर्यटन बोर्डको रहेको छ ।