एल्जिनाको रुपले मोहित भए रोहित (भिडियो)

गायिका मेलिना राई र गायक दीपक विकको स्वरमा रहेको लोक पप गीत ‘ब्यूटी मान्छेलाई…’  रिलिज भएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको भिडियोमा मोडलद्वय रोहित अधिकारी र एल्जिना मगर फिचर्ड छन् । किरात विन्द्र राईको एक्सन-कटमा तयार भएको भिडियोलाई विरेन्द्र भट्टले खिचेका हुन् । अनिल रानाले भिडियोको सम्पादन गरेका हुन् ।