नेपाल स्रष्टा समाजको नयाँ कार्यसमिति गठन

नेपाल स्रष्टा समाजको ११ औँ साधारण सभाको निर्वाचनबाट आगामी दुई वर्षका लागि कवि विधान आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सो कार्य समितिमा प्रा.डा. गोविन्दमानसिंह कार्की उपाध्यक्ष, पुष्पा खनाल महासचिव, नवराज तिमल्सिना अवदोषी कोषाध्यक्ष र जानु धिताल सचिवमा निर्विरोध निर्वाचित भए । कार्यसमितिका सदस्यहरूमा डा. विष्णु राई, डा. पुष्करराज भट्ट, नवराज पुडासैनी ज्योत्स्ना, तर्कना शर्मा, लेखजङ्ग खत्री, रश्मि रिमाल समेत निर्विरोध निर्वाचित भए ।
साधारण सभाका अवसरमा वर्तमान अध्यक्ष पवन आलोकले नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै संस्थाको विधानअनुसार संरक्षक सदस्यमा रहनका लागि रू एक लाखको योगदान समेत गरे ।
सभामा सबै सदस्यका तर्फबाट राजेन्द्र गुरागाईँले नव निर्वाचित कार्यसमितिलाई बधाई दिए । नव निर्वाचित अध्यक्ष आचार्य कार्यसमितिका सबै निर्वाचित सदस्यहरूको परिचय समेत गराए ।
नेपाली लगायतका नेपालमा बोलिने भाषा–साहित्यको सिर्जना, सम्वद्र्धन र विकासमा योगदान पुर्याउने तथा लोकतान्त्रिक नेपालको उन्नयनमा साहित्यका माध्यमबाट रचनात्मक सहयोग पुर्याइ नेपालका साहित्यको अन्तर्राष्ट्रियकरण समेत गर्ने उद्देश्यले वि.सं २०६४ पुस १६ गते नेपाल स्रष्टा समाजको स्थापना गरिएको हो ।

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

अनलका ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक

हीरा लामाको दलदल सार्वजनिक

यशोधरा उपन्यासः पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

प्रतिक्रिया