प्रदीप र जसिताको ‘लभ स्टेशन’ शुभ मुहुर्त

- मेराेफिल्म

अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘लभ स्टेशन’को सोमबार बिहान पशुपति मन्दिरमा शुभ मुहुर्त गरिएको छ । छायांकन भने शुक्रबारबाट भारतको दार्जिलिङबाट सुरु हुनेछ । यसको लागि फिल्म सुटिङ युनिट मंगलवार त्यसतर्फ प्रस्थान गर्दै छन् भने नायक नायिका बुधवार मात्रै जाने भएको निर्माता गोविन्द शाहीले बताएका छन् ।

उज्वल घिमिरेको निर्देशन रहने लव स्टेशनको सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कल हुनेछ । ५० दिनको छायंकन तालिका रहेको फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्म लिली बिलीमा एकसाथ काम गरेका प्रदीप र जसिताको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । पारिवारिक प्रेमकथामा आधारित लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

२०७५ असोज ८ गते १७:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *