संजिव पुडासैनीको ‘किन तिमी आज’

गायक संजिव पुडासैनीको नयाँ गीत किन तिमी आज सार्वजनिक भएको छ । पुडासैनी कै शब्द, संगीत तथा स्वर रहेको उक्त गीतमा संगीत संयोजन शैलेन्द्र प्रधानको रहेको छ । उक्त गीत चर्चित वेभ सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश रहेको छ । यसअघि लिरिकल भिडियोमात्र सार्वजनिक भएको यस गीतको अफिसियल भिडियो सार्बजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा मिलन शंकरको छायांकन, शिलन लम्सालको सम्पादन तथा गायक पुडासैनी कै निर्देशन रहेको छ । भिडियोमा गायक पुडासैनीसँगै गरिमा श्रेष्ठलाई फिचर गरिएको छ ।