यूट्युबमा फिल्म हिट भएर दंग आना

फिल्म हलमा फ्लप । दर्शकले कुनै रुची नै देखाएनन् । निर्माताले १० लाख पनि शेयर पाउँदैनन् । कलाकार फिल्म असफल भएर आफू पनि असफल हुन्छन् । यसमा कलाकारलाई कुनै पनि पछुतो हुदैन ।

तर, यूट्युबमा फिल्म रिलिज भएपछि दर्शक ओइरिन्छन् । देश र विदेशमा बस्नेले निशुल्क फिल्म हेरिदिन्छन् । निर्माताले सिमित रकममा वेचेको फिल्मले लाखौ भ्यूज पाउँछ । कलाकार र निर्माता दंग पर्छन् ।

गएको बर्षमा रिलिज भएर सुपर फ्लप भएको ग्याङस्टार ब्लूज फिल्म यूट्युबमा आएको छ । सार्वजनिक भएपछि यो फिल्मलाई नेपालबाट र विदेशमा खुबै हेरिएको छ । यसले अभिनेत्री आना शर्मालाई खुशी बनाएको छ । उनले २ दिनमा ग्याङस्टार ब्लूजले १० लाख भ्यूज यूट्युबमा पाएको भन्दै दर्शकलाई धन्यवाद समेत दिएकी छिन् ।

नेपाली फिल्मलाई यूट्युबमा हालेर हलमा दर्शक आउन छाडेका हुन् भनेर एकथरी निर्माताले बहस गरिरहेका छन् । कलाकारलाई भने यूट्युबमा हिट भयो भन्दै मख्ख पर्नुपर्ने अवस्था छ । फिल्म हलमा हिट भएको भए पो कलाकार र निर्माता पनि मख्ख पर्नु ।

आना शर्मा यो फिल्मपछि हराए जस्तै छिन् । तर, यूट्युबमा फिल्म हिट भएर उनलाई ठूलै राहत दिए जस्तो छ ।