त्यो हिट दिन र जोडी संझिदै दया

लुट फिल्मले अभिनेता दयाहाङ राई र निर्देशक निश्चल बस्नेतलाई स्थापित गराइदियो । यी दुइले फिल्ममा काम गरे बबालै हुन्छ भन्ने पनि भयो ।

कबड्डी फिल्ममा निश्चल बस्नेत र दयाहाङ राइलाई हिरो बनाएर रामबाबु गुरुङले फिल्म निर्देशन गरेका थिए । रामबाबु गुरुङ, दयाहाङ राई र निश्चल बस्नेत फिल्म हाक्ने खेलाडी बने । उनीहरु विना फिल्म क्षेत्र नै बन्द हुन्छ भनेर चर्चा भयो । तर, सबै कुरा अहिले कता हरायो कता ।

अहिले रामबाबु गुरुङ पनि फिल्म निर्देशनमा असफल भएका छन् । निश्चल बस्नेत फिल्म निर्देशन गर्न भन्दा खेल्नतिर लागेका छन् । दयाहाङ राइलाई फिल्म धेरै खेलेर दर्शकले पत्याउन छाडेका छन् ।

कुनै बेला फिल्मको संकटकाल नै हटाउने यी ३ पात्र अहिले अलमलिएका छन् । यसैले पनि अभिनेता दयाहाङ राइलाई फिल्म क्षेत्रका आफ्ना सारथीको याद आएको हुनसक्छ । उनले त्यो दिन भन्दै आफ्नो, निश्चल बस्नेत र रामबाबु गुरुङको कबड्डी छायांकनको तस्बिर शेयर गरेका छन् ।

अहिले यी तिनै जनाले काम गर्ने शैली नजान्दा क्रेज गुमाएका छन् । दयालाई भने त्यो दिन फेरि फर्किए हुन्थ्यो भन्ने लागेको होला ।