प्रेमले क्रेज घटायो, अब श्रृष्टीलाई प्रेमीकै भर

अभिनेत्री श्रृष्टी श्रेष्ठ प्रेममा परेपछि रिलिज भएका फिल्म थिए, रोमियो एन्ड मुना र बाँध मायाले । यो दुबै फिल्म रिलिज भएपनि श्रृष्टीलाई फाइदा देखिएन । किनकी, दुबै फिल्म चलेनन् ।

फिल्म नचल्नुको विविध कारण हुनसक्छ, तर फिल्मको २ दिनको व्यापार कलाकारमा पनि निर्भर रहन्छ ।

श्रृष्टी अभिनेता सौगात मल्लको प्रेममा परेपछि उनीसँग बढी व्यस्त छिन् । यही भएर श्रृष्टीले आफ्नो फिल्म यात्रामा ध्यान दिन नसकेको आरोप उनलाई लाग्छ ।

श्रृष्टी लभमा परेपछि रिलिज भएका २ फिल्म असफल भएपछि उनको फिल्म यात्रा धर्मराएको छ ।

अब के त उनका लागि । उनको अब अभिनेता सौगात मल्लसँग जोडी बनाएर मासु भात फिल्म आउँदैछ । यो फिल्मको छायांकन सुरु भएको छैन । यसैले पनि प्रेमले श्रृष्टीको क्रेज कम भएको हो । अब, प्रेमीले नै उनको क्रेजलाई उकासिनुपर्नेछ ।

यो कुरामा सौगात मल्ल सफल हुन्छन् कि हुदैनन् भन्ने पनि छ । सौगात पनि अहिले चलेका छैनन् । श्रृष्टी पनि चलेकी छैनन् । दुबै नचलेका जोडीले मासु भात चलाउन जरुरी देखियो है ।