दौडने सन्ध्या, चर्चामा प्रियंका

अभिनेत्री प्रियंका कार्कीले शुक्रबारदेखि हलमा लाग्न लागेको फिल्म कथा काठमाण्डुलाई समय दिएको २–३ दिन भयो । प्रियंकाले म बोल्दिन भनेर बसेको समयमा पनि अभिनेत्री सन्ध्या केसी दौडिएकी थिइन् । उनी कार्यक्रममा पनि पुगिन् । संचारकर्मीसँग पनि कुरा गरिरहिन् ।

सन्ध्या केसीले कथा काठमाण्डुका लागि आफूले सक्ने सबै गरिन् । तर, पनि अभिनेत्री प्रियंका कार्की कै चर्चा भयो । यो फिल्ममा प्रियंका कार्कीले दिएको वेडसिनले नै उनलाई आलोचनामा राख्यो । यसैले फिल्मका अन्य कलाकार ओझेलमा परे ।

अहिले त काम गर्ने कालु मकै खाने भालु जस्तै भैसक्यो । सन्ध्याले सबै समय फिल्मलाई दिइन्, उनी चर्चामा आइनन् । प्रियंकाले २ दिन भयो समय दिएको, उनले नै फिल्म बोकेको जस्तो भएको छ ।

फिल्म चलेन भने त्यसको जस सन्ध्यालाई पनि संचारमाध्यमले दिन्छ । चल्यो भने प्रियंका कार्की हाबी हुनेछिन् ।

दौडने सन्ध्या, चर्चा प्रियंकाको । यो त भएन नी हो ।