नेपालपछी बिदेशमा इन्टु मिण्टु लण्डनमा, कहाँ कहाँ हुँदैछ प्रदर्शन

नेपालमा सफल प्रदर्शनपछी रेनशा राई डेब्यु निर्देशित फिल्म इन्टु मिन्टु लन्डनमा अन्य देशहरुमा प्रदर्शनमा आउने भएको छ । साम्रज्ञी आर एल राणा, नव कलाकर धिरज मगर र शरुक  ताम्राकारको मुख्य भूमिका रहेको फिल्म केही देशहरुमा प्रदर्शनमा अाइसकेको छ भने केही देशमा प्रदर्शनको क्रममा रहेको छ । फिल्म अक्टुबर २१ मा कोरियामा, अक्टुबर २९,३०,३१ युकेमा, नोभेम्बेर ३ मा पोल्यान्ड, नोभेम्बेर ९ हंकङ, नोभेम्बेर १५ डेन्मार्कमा प्रदर्शनमा आउने भएको छ । त्यस्तै निर्देशक राईका अनुसार सिंगापुर, ब्रुनाइ, यु एस ए, जापानमा फिल्म प्रदर्शन भैरहेको छ ।

प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको ‘इन्टु मिन्टु लण्डनमा’लाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् भने सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह-निर्माता रहेका छन् । फिल्ममा सम्राज्ञी, धिरज, शारुक सगै  विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतको अभिनय रहेको छ ।