रीमालाई केकीको धाप

अभिनेत्री रीमा विश्वकर्मा र केकी अधिकारी एकैपटक फिल्ममा आएका हुन् । स्वर फिल्ममा रीमा र केकीले काम गर्दा यी दुइले फिल्ममा तहल्का मच्चाउँछन् जस्तो देखिएको थियो । तर, रीमा र केकी मिल्ने साथी बनेपनि फिल्ममा भने दुई तरिकाले चले । केकी लोकप्रिय अभिनेत्री बन्दा रीमालाई काम पाउन नै मुश्किल भयो ।
रीमा अहिले रियालिटी शोको होस्ट गरेर दर्शकमाझ आइरहेकी छिन् भने केकी फिल्मको निर्मात्री नै बनिसकेकी छिन् ।
केकी र रीमा मिल्ने साथी भएकाले अहिले केकीले रीमालाई अघि बढाउन धाप मारेको देखिन्छ । कोहलपुर एक्सप्रेस फिल्ममा केकीले रीमालाई एउटै गीतमा भएपनि नृत्य गराइन् र केही मात्रामा भएपनि हिट बनाइन् । अहिले केकीले नै अभिनय गरिरहेको फिल्म सरकारी जागिरमा रीमाले काम गरेकी छिन् । केकीकै धापका कारण रीमाले सरकारी जागिरमा काम गरिरहेको वुझ्न सकिन्छ ।
केकी र रीमाको मित्रता पुरानो हो । अहिले, रीमालाई केकी धाप मारेर सँगै लैजादैछिन् ।

कुन्साङको सेल्फीमा आकाश र करुणा

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_zJqjQtsu9A_8axkaglzbcp0xe1mxenmiic6kwdyawqehyjouxtftm2dtmvw24mf4lvorynl.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

प्रतिक्रिया