‘आफु परिवर्तन भए समाज परिवर्तन हुन्छ’ सनी लियोनी

‘प्रत्येक केटीले आफ्नो इच्छा र सपनालाई पछ्याउनुपर्छ । यी कुराहरूले नै महिलालाई बलियो बनाउँछ र उनीहरू आत्मविश्वासी बन्छन्’ बलिउड अभिनेत्री सनी लियोनीले महिलाहरूले आफ्नो आवाज आफै उठाउनुपर्ने बताएकी छन् । उनले महिलाले आफूलाई लागेको कुरा बोल्नका साथै मन लागेको काम गर्नुपर्ने धारणा राखेकी हुन् ।

म्याडम टुसादमा आफ्नो मैनमूर्तिको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै सनीले समाजमा परिवर्तन ल्याउनका लागि सबैभन्दा पहिले स्वयंमा परिवर्तन ल्याउन आवश्यक रहेको धारणा राखेकी हुन् ।

‘घरमा महिलाहरूले आफूलाई लागेको कुरा स्वतन्त्र रूपमा भन्न सक्नुपर्छ। जस्तै यदि उनीहरूलाई भाँडा माझ्न मन छैन भने सो काम गर्नका लागि आफ्ना पतिलाई निर्धक्क भन्ने हो । सानोसानो छनौटले देशका महिलाहरूको स्तरमा परिवर्तन ल्याउन सक्छ र त्यो काम सबैभन्दा पहिला घरबाट सुरू हुनुपर्छ भन्नेमा मेरो विश्वास छ’, उनले थपिन् ।