‘इन्टु मिन्टु लण्डनमा’को सक्सेस पार्टीमा आइनन् साम्राज्ञी, दोश्रो फिल्म निर्माण घोषणा

इन्टु मिन्टु लण्डनमा निर्माण यूनिटले आफ्नो दोश्रो फिल्म निर्माणको घोषणा गरेको छ । काठमाडौंमा ‘इन्टु मिन्टु लण्डनमा’ फिल्मले पाएको सफलता सेलिब्रेट गर्न आयोजित एक कार्यक्रममा आई कोर फिल्म्सको ब्यानरमा निर्माण हुने गरी फिल्म ‘आई एम 21‘ निर्माण घोषणा गरिएको हो । फिल्मलाई ७६ सालको दशैँमा प्रदर्शनमा ल्याउने गरी काम अगाडि बढाइने कार्यक्रममा जानकारी दिइयो ।

फिल्ममा इन्टु मिन्टु लण्डनमाका कलाकार दोहोरिने या नयाँ राख्ने भन्ने खुलाइएको छैन । निर्देशक राईले अर्को एक कार्यक्रम गरी फिल्मका कलाकारहरुको बारेमा जानकारी गराउने बताइन् । तर यसअघी इन्टु मिन्टु लण्डनमा निर्देशक रेनशा वान्तवा राईले इन्टु मिन्टुका नायक धीरज मगरलाई लिएर अन्य केही फिल्म निर्माण गर्ने घोषणा गरिसकेकाले फिल्ममा धीरज दोहोरिने सम्भावना भने धेरै देखिन्छ । तर, फिल्मकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह र निर्देशक रेनशा वान्तवा राई बिच केही समय अगाडि देखी देखिएको दुरी र फिल्मको सक्सेस पार्टीमा समेत उपस्थित नरहेकाले उनी दोहोरिने सम्भावना निकै कम छ ।