हेमराजको फिल्ममा प्रदीप

हेमराज बिसीको निर्देशन रहने रोमान्टिक कमेडी जनराको फिल्ममा नायक प्रदीप खड्का अनुबन्धित भएका छन् । फिल्मका लागि प्रदीपको अपोजिटमा को रहने भन्ने तय गरिएको छैन । यद्यपी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहसँग कुरा भइरहेको बताइएको छ ।

दिपक खतिवडा, रेणु राणा र गोविन्द शाहिको संयुक्त निर्माणमा बन्ने फिल्मको नाम भने गोप्य राखिएको छ । बैशाखदेखि छायाँकन सुरु हुने फिल्मको सम्पूर्ण छायाँकन युरोपमा हुनेछ । फिल्मको मुख्य लिड प्रदीपसँग केहिदिन अगाडी सम्झौता गरिएको निर्देशक बिसीले जानकारी दिएका छन् । हाल फिल्मको स्कृप्टको काम भइरहेको छ । नायक खड्कासँग निर्देशक बिसीको यो पहिलो सहकार्य हो ।