रणवीरसँग डेट गर्थिन्, इमरान पत्नी अवन्तिका

- मेराेफिल्म

बलिउड रकस्टार रणवीर कपुर २८ सेप्टेम्बरमा आफ्नो ३६ औ जन्मदिन मनाउदै छन् । उनको नाम विभिन्न महिलासँग जोडिने गरेको छ ।आज हामी आलिया भाटसँग रिलेसनमा रहेका रणवीरको त्यो प्रेम कहानीको चर्चा गर्दै छौ जसको बारेमा कमै लाइ थाह छ । एक समय थियो उनी एक महिलाको पछी पागल जसरि परेका थिए । उनि न त क्याटरिना हुन् न दीपिका । उनि हुन्, अवन्तिका मालिक जो हाल बलिउडकै अर्का एक्टर इमरान खानकी पत्नी र आमिर खानकी बुहारी हुन् ।

एक वेबसाइटका आनुसार रणवीर हात धोएर अवान्तिकाको पछी परेका थिए । कुरा १९९०को दसकको हो जुन समय यो दुई किसोरावास्थामै थिए । अवन्तिका ‘जस्त मोहब्बत’ सिरियलमा बाल कलाकारको भूमिकामा देखिन्थिन् । रणवीर यति क्रेजी थिए की प्रतेक दिन उनी अवान्तिकालाई भेट्न टिभी सेटमा पुग्ने गर्थे । यी दुई करिब ५ वर्षा सम्म सँगै रहे र अन्त्यमा टाढा भए ।

रणबिरसँग ब्रेकअप भए पछी अवन्तिका इमरानसँग जोडिइन् । आठ बर्षको प्रेम पश्चात यी दुइले २०११मा बिवाह गरे । ब्रेकअप भए पनि अवन्तिका रणवीरको सम्बन्धमा दरार भने आएन । यी दुई असल साथिको रुपमा रहेका छन् ।

२०७५ असोज ११ गते १२:३५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *