‘नालापानी’ ट्रेलर सार्वजनिक

रमेश अधिकारी निर्देशित फिल्म ‘नालापानी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अर्जुन जंग शाही, सन्तोष पन्त, देश भक्त खनाल, पुजना प्राधान, मनोज शाक्य, जनक बटुवाला, शुशील खड्का, हिक्मत थपलिया, गीता अधिकारी लगायतको अभिनय रहेको छ । ऐतिहासिक नालापानी युद्धको कथा फिल्ममा समेटिएको छ । निर्देशक अधिकारी र कृष्ण आचार्यको कथा रहेको फिल्म मनोज शाक्यको निर्माणमा तयार भएको हो ।