न चल्यो च्यालेन्ज, न चले रेश

निर्देशक श्याम भट्टराई अहिले अमेरिकामा छन् । अब, उनी नेपालमा बसोबास गर्ने मुडमा त छैनन् नै । उनले निर्देशन गरेको फिल्म च्यालेन्ज फिल्मीकर्मी र पत्रकारको दिमागमा अझै छ । सो समयमा भीएफएक्स गरेर लाखौ रकम खर्च गरिएको थियो यो फिल्मका लागि । तर, कठैवरी यो फिल्म रिलिज नै भएन ।

फिल्मका निर्माता रेश महरठ्ठा हुन् । यो फिल्मबाट उनलाई ठूलो आशा थियो । यो फिल्मका लागि महंगो पैसा खर्च गरेर रिसुट पनि गरे । तर, जति गरेपनि भएन ।

च्यालेन्ज रेशका लागि ठूलै च्यालेन्ज थियो । तर, उनले फिल्म रिलिज गर्न सकेनन् । रेशको करोडौ लगानी भएको फिल्मलाई अर्का निर्देशक सिमोस सुनवारले काम नै नगरी थन्काइदिए । रेश र सिमोस धेरै पटक लफडा पनि भयो । तर, काम सल्टेन ।

नेपाली फिल्म बजारमा रेशले पनि खासै केही चमत्कार गरेनन् । रेश पनि चलेनन्, उनको च्यालेन्ज पनि चलेन । एउटा राम्रा कलाकार र राम्रो फिल्म नचलेरै हराए ।