कमजोरी साम्राज्ञीमा कि निर्देशकमा ?

ड्रिम्स फिल्म अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको डेब्यू फिल्म हो । यो फिल्म चलेपछि नै साम्राज्ञी सुपरस्टार बनेकी हुन् । तर, यो फिल्मका निर्देशक भूवन केसी उनीसँग सन्तुष्ट छैनन् । कारण, फिल्म र अभिनेता अनमोल केसीको बारेमा साम्राज्ञीले बढी टिप्पणी गरेपछि भूवन रिसाएका छन् ।

साम्राज्ञीसँग ए मेरो हजुर २ का निर्माता तथा निर्देशक झरना थापा पनि सन्तुष्ट छैनन् । उनले, साम्राज्ञीलाई लिएर नयाँ फिल्म बनाउने मन गरिनन् । बरु, छोरीलाई नै डेब्यू गराइन् । ए मेरो हजुर २ को छायांकनदेखि नै उनीहरुविच असन्तुष्टी बढेको हो ।

फिल्म इन्टु मिन्टु लण्डनमाकी निर्देशक रेनशा वान्तवा राइले पनि भोली कुनै चमत्कार भयो भने मात्र, नत्र साम्राज्ञीसँग काम नगर्ने मनस्थिती बनाइसकेकी छन् । साम्राज्ञीले फिल्म चल्ने बेलामा नै साथ नदिएको रेनशाको सोच छ । साम्राज्ञी आफै रेनशासँग टाढा देखिएकी पनि छन् ।

साम्राज्ञीको सम्बन्ध उनले काम गरेर हिट भएका ३ फिल्मका निर्देशकसँग नै राम्रो छैन । पुरानासँग सम्बन्ध विगार्ने र नयाँसँग काम गर्ने बानीले साम्राज्ञीको सुपरस्टार बन्ने सोचलाई सार्थकता दिदैन होला । आखिर, खराबी साम्राज्ञीमा हो कि निर्देशकमा ?