‘वीर विक्रम-२’ मा आकाश श्रेष्ठ !

मिलन चाम्सको निर्देशन रहने फिल्म ‘वीर विक्रम-२’ मा आकाश श्रेष्ठ रहने खबर बाहिरिएको छ । यस बारे निर्माण टिमले औपचारिक घोषणा भने गरेको छैन । बुझिए अनुसार फिल्मका लागी नायक आकाश श्रेष्ठ र निर्माण यूनिट बिच सम्झौता भइसकेको छ । वीरविक्रम-२ मा नायिका बर्षा शिवाकोटि यसअघि नै फाईलन भइसकेकी छिन् । वीरविक्रमको सिक्वेल ‘वीरविक्रम २’ मा पुराना कलाकार दयाहांग राई र नाजिर हुसेन भने यथावत रहने छन् ।

चाम्स कै निर्देशन रहने फिल्म ब्याचलर बन्टी पछी निर्माण गर्ने तयारी गरिएको वीर बिक्रम २ ब्याचलर बन्टी भन्दा पहिले निर्माण हुने भएको हो । नायक अनमोल केसी फिल्म ए मेरो हजुर ३ को सुटिङमा ब्यस्त रहेको र फिल्मको सुटिङ ढिला भएका कारण चाम्स पुर्व घोषित फिल्म वीर बिक्रम २ लाई फ्लोरमा लाने तयारीमा जुटेका हुन् । निर्देशक चाम्सले फिल्मका लागी कलाकारहरु फाइनल भइसकेको र केही दिनमा पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गर्ने बताएका छन् ।