अवुन पाण्डे र गायक काली प्रसाद बास्कोटाको ‘नाचन ठुली’ (भिडियो)

गायिका अवुन पाण्डे र गायक काली प्रसाद बास्कोटाको स्वर रहेको नयाँ गीत ‘नाचन ठुली’ सार्बजनिक भएको छ । गीतमा टिका दाहालको तथा रमेश दाहालको शब्द रचना रहेको छ । गोपाल रसाइलीको संगीत संयोजन रहेको गीत डान्सिङ्ग प्याटनको बनेको छ । लवांग तामांङले कोरियोग्राफी गरेको भिडियोलाई बिष्णु तामांङले निर्देशन गरेका हुन् । अबिशक शर्माले भिडियोलाइ छायांकन तथा सम्पादन गरेका छन् । द स्टार लाइट डान्स ग्रुपलाई फिचर गरिएको भिडियोलाई केआइइसी ग्लोबलले प्रस्तुत गरेको हो ।