पंचायत कालको ‘ऐनाझ्याल’ सार्वजनिक

पञ्चायत कालको प्रारम्भताका रचना गरिएको राष्ट्रकवि माधव प्रसाद घिमिरेको  ‘ऐनाझ्याल’ को भिडियो सार्वजनिक भएको छ । २०६१ सालमा लोकरक ब्याण्ड नेपथ्यका अमृत गुरुङले संगीतबद्ध गरेको यो गीत एल्बम ‘ऐनाझ्याल’ मा समाबेस गरिएको थियो । लामो समयबाट ब्यान्डले कन्सर्टमा पर्फर्म गर्दै आएको यो गीतको भिडियो राष्ट्रकवि घिमिरेको १०० औं जन्मदिनमा सार्वजनिक गरेको छ । अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउँदै आएका छन् । ब्याण्डले नेपाल र नेपालीत्वको स्तुतीमा सय वर्ष बिताएका राष्ट्रकविको सम्झनास्वरुप यो गीतलाई प्रस्तुत गरेको हो ।